काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको छ ।

समितिको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालाको धारणा लिइने कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ ।

उक्त बैठक बिहान ११:४५ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बस्नेछ । बैठकमा फिनल्यान्डका पुस्तकालयविद्हरूसँग अन्तरक्रिया गर्नुका साथै विविध विषयमा छलफल हुने समितिले जनाएको छ ।