काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ ।

आयोगले यस विषयमा छलफल गर्न आगामी मंसिर ४ गते प्रमुख राजनीतिक दलहरूलाई बोलाएको छ ।

छठ पर्व मनाउन सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगले दलहरूलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते समाप्त हुँदैछ । कानुनी व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ ।

सोही निर्वाचनको तयारी तथा आवश्यक विषयमा राजनीतिक दलहरूसँग परामर्श गर्न आयोगले छलफल बोलाएको जनाएको छ ।