काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको हो ।
आज कुल ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्डबाहेक सबै समूहका शेयर मूल्यमा गिरावट आएको छ ।
आजको कारोबारमा अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ११.८४ प्रतिशतले बढेको छ । त्यस्तै, अपोलो हाइड्रोपावरको शेयर मूल्य ५.६५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, एभरेष्ट कलरको शेयर मूल्य सबैभन्दा बढी ५.३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नबिल डिबेन्चर शीर्ष स्थानमा रहेको छ । यसको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

