काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।