राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।

रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

“सर्वसम्मतले सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको हो”, उहाँले भन्नुभयो ।

रास्वपाको यसअघि सरकार गठन लगायत समसामयिक विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक काठमाडौंमा बसेको थियो ।Source :Gorkhapatra