यसै अवसरमा नेपाली टोपी दिवस पनि स्वस्फूर्त रूपमा मनाइँदै आएको छ। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे चर्चा गरिएको छ। खेतदेखि विदेशसम्म, युद्धदेखि उत्सवसम्म नेपाली टोपीले नेपाली शिरको पहिचान बोकेको अभियन्ताहरूको भनाइ छ ।
काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।


