काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।
आज ३३४ कम्पनिका एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ मा कारोबार भएको थियो । आज होटल्स र उत्पादन क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।कारोबार रकम पनि बढेको छ । सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँबराबरको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच भयो । सोमबार ६ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
जीवन विकास लघुवित्त, थ्री स्टार हाइड्रो, हिमालयन ८०–२० डिबेन्चर, आईसीएफसी फाइनान्स डिबेन्चर, सिटिजन्स म्युअल फन्ड उच्च कमाउने शीर्ष कम्पनी रहे ।त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २४ करोड ८८ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावर कम्पनिको २३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।


