काठमाडौं।सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो संख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८।३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
यो समयमा भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बंगलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्याँक छ ।


