काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदबीच नियमित छलफल कार्यक्रमअन्तर्गत आज प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन र नीति प्राथमिकता तय गर्न उक्त कार्यक्रम राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुनेछन्। कार्यक्रममा पार्टीका सांसदहरूले बजेटका प्राथमिकता, नीति तथा आवश्यकताका विषयमा विस्तृत छलफल गर्ने बताइएको छ।
उक्त कार्यक्रम आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।


