काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।सरकारले निर्वाचनलाई लक्षित गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको बेला प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी छन् ।


