काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटिएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुलशन झाले २९, दीपेन्द्र सिंह ऐरीले २१, आसिफ शेखले १४ तथा करण केसीले १३ रनको योगदान दिए।

नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले समान ३–३ विकेट लिए भने लोगन भान बिकले २ विकेट हात पारे।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डसले जवाफी ब्याटिङ गरिरहेको छ।