काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागी नियन्त्रणमा लिइएको छ । बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो। अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


