काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।यसैबीच नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई पराष्ट्रमन्त्रीमा सिफारिश गर्नुभएको हो । प्रधानमन्त्री कार्की आफैँले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

संयुक्त राष्ट्र संघीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसकेका उनी हाल प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन् ।