काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन् ।
जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।
बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् । भवनमा राजनीतिक भेटघाटका लागि बैठक कक्ष र अध्ययनका लागि पुस्तकालयको व्यवस्था हुने जनाइएको छ ।


