जनकपुरधाम । जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज मधेश प्रदेश प्रमुख कार्यालयमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई सपथ ग्रहण गराएकी हुन् ।प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री सोनलको सपथ ग्रहणसंगै दुई वटा बिना विभागीय मन्त्रिहरुलाई सपथ ग्रहण गराईएको छ ।सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले मन्त्री पदको शपथ लिएका छन् । गठबन्धनमा जसपा नेपाललाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार, लोसपा, माओवादी र नेकपा एकीकृत समाजवादीलाई २-२ मन्त्रालय दिइने सहमति भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।सोनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विना विभागीय मन्त्रिहरुमा जनमत पार्टीका महेश यादव र नेकपा एसका कनिस पटेल रहेका छन् । उनीहरुको विभाग पछि तोकिने जनाइएको छ ।


