
सेवापाटी संवाददाता २०८२ बैशाख २९ गते
काठमाण्डौ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आईतवार इस्तानबुलमा मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः शुरु गर्ने प्रश्ताव राख्नुभएको छ ।
क्रेमलिनमा पत्रकारहरूलाई दिएको एक विज्ञप्तिमा पुटिनले रूस युक्रेनसँग चलिरहेको द्वन्द्वको मुल कारणहरूलाई सम्बोधन गर्न र दिगो र स्थिर शान्तिको लागि आधार तयार गर्न गम्भीर वार्ता गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले प्रश्तावित वार्ताको क्रममा युद्धविराम सम्झौताको सम्भावनाको बारेमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो ।
श्रोत- न्युज एजेन्सी नेपाल