काठमाडौं। नयाँ दिल्लीको लालकिल्लामा कार विष्फोट भएर कम्तिमा ८ जना मारिएका छन् ।सोमबार साँझ भएको विस्फोटमा कम्तिमा २४ जना घाइते भएका छन् ।दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो ।
विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको थियो । जसकारण ती गाडीहरू जलेर नष्ट भएका छन् ।घटनाको सूचना पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।


