काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज ल्याएको हो ।

नेपाल टेलिकमका अनुसार करसहित ४९९ रुपैयाँमा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक ५ जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक ५ जिबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि करसहित ६९९ रुपैयाँमा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत सम्बन्धित प्याकेजमै समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार संविधान दिवस विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ ।