सेवापाटी संवाददाता २०८२ बैशाख २५ गते

काठमाडौँ — भारत र पाकिस्तानबीच तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो । दुई देश बिच तनाव चर्किएपछि नेपालको सशस्त्र प्रहरी बल  (एपीएफ)ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ ।

दुई मुलुकबीचको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता , जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको सीमा इलाकामा आवश्यकताअनुसार आउजाउ गर्नेहरूको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने कार्य भइरहेको, सीमा क्षेत्रलाई व्यवस्थित गर्न र अवैध घूसपैठ रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरिने जानकारी दिएका छन ।