काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि यस्तो तयारी गरिएको हो।
स्रोतका अनुसार उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पदबाट हट्न राजीनामा दिने निर्णय गरेका छन्।
‘नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्न लाग्नु भएको हो,’ त्रिविका एक अधिकारीले भने, ‘राजीनामा दिने तयारी छ ।’विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने तयारी छ । सोही कारण उनीहरूले विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा पेश गर्ने तयारी गरेका हुन्।


