काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् ।उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् ।
नले पदमा रहँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) नहोस् र सम्बन्धित विषयमा निष्पक्ष छानबिनका लागि मार्ग खुला होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
“मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको हुँ ।”त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।
गुरुङले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन् । साथै उनले सञ्चारकर्मी र आम नागरिकलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।


