काठमाडौँ । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन् ।