रुपन्देही, १५ फागुन
आम जनता पार्टी (आजपा)का नेता एवं रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । रुपन्देही सहित समग्र लुम्बिनीको विकास र समृद्धिका लागि यसपटक मोबाइल छापमा मतदान गर्न उनले अपिल गरेका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको ५ वटै क्षेत्रमा आजपाका उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् । रुपन्देही सहित लुम्बिनी प्रदेशको समृद्धि एवं विकासका लागि मोवाइल चिन्हमा मतदान गर्नुपर्ने अपिल उनीहरुले आम मतदातासंग गरेका छन् ।

रुपन्देही–१ म बदरु दोजा फकिर, रुपन्देही–३ मा राधेश्याम गुप्ता, रुपन्देही–४ मा ज्योति थापा र रुपन्देही–५ मा खेमप्रसाद विकले चुनावी भेटघाट एवं छलफलाई तिब्रता दिएका छन् । रुपन्देही सहित लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले आम मतदातासंग भेटघाट, छलफल गरिरहेको आजपा नेता गुप्ताले जनाएका छन् ।

लुम्बिनी प्रदेशको विकासका लागि मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारलाई २१ फागुनको निर्वाचनमा मतदान गरेर बिजयी बनाउन उनले आग्रह गरेका छन् ।

‘रुपन्देही सहित समग्र लुम्बिनीको विकासका लागि मैले आम जनता पार्टीको मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएको छु । विकसित र समृद्ध लुम्बिनी बनाउने मेरो एजेण्डा छ । अरु नेताहरु कहाँबाट आए कहाँ गए । यहाँको जनताको भोट लिन्छन तर काम गर्दैनन । तर हामीले हाम्रो रुपन्देही, हाम्रो लुम्बिनीको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । आम जनता पार्टीले लुम्बिनीको विकास गर्छ त्यसका लागि हामी सबैले मोबाइल चिन्हमा मतदान गर्नुपर्छ,’ रुपन्देही–३ का उम्मेदवार गुप्ताले भने ।

रुपन्देहीका उम्मेदवारले आफू बिजयी भए र आजपाको सरकार बनेपछि लुम्बिनी प्रदेशमा बिजुलीबती, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा निशुल्क बनाउने एजेण्डा पार्टीको रहेको जनाएका छन् । छोराछोरी, बृद्ध बाआमालाई विशेष सुविधा र युवाहरुलाई लुम्बिनीमै रोजगारको व्यवस्था गर्ने पहिलो जिम्मेवारी रहेको गुप्ताले जनाएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष प्रभु साहको पत्नी रिना साह रौतहटको मौलापुरमा मेयर हुनुहुन्छ । मौलापुरमा कुनै किसिमको सेवाको कर लाग्दैन, सबै फ्रि छ । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी, सिँचाई सबै फ्रि छ । छोरीलाई गुणस्तरीय शिक्षा, विवाहमा ३० हजार नगद सहयोग हुन्छ । मौलापुरमा नगरप्रहरी होइन, त्यहाँ नगर शिक्षक र नगर डाक्टर छ । हामीले यो सबै सेवा सुविधा रुपन्देही सहित लुम्बिनीमा लागु गराउनका लागि मोवाइल छापमा मतदान गर्नुपर्छ,’ रुपन्देहीका–५ का उम्मेदवार खेमप्रसाद गुरुङले भने ।

रुपन्देही जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै गुप्ताले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

‘अब की बार आजपा सरकार’ भन्दै चौधरीले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैले मोवाइलमा मतदान गर्न अपिल समेत गरेका छन् ।

स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि यसपटकको निर्वाचनमा सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर अगाडी बढनुपर्ने उनले बताए ।