काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ । परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ ।

 किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्। चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन् । फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन् । फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।