काठमाडौं।धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।
विमानमा ५१ यात्रु र चारजना चालक दलका सदस्य रहेको प्रहरीले जनाएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार सबै यात्रुको सकुशल उद्धार भएको र जहाजमा आगलागी भएको छैन।


