जन निर्वाचित काँग्रेस एमाले नेतृत्वकाे सरकार जेन्जी आन्दाेलनकाे रापले बिस्थापित गरायाे । प्रधानमन्त्री शुशीला कार्की नेतृत्वकाे सरकारले ताेकेकाे फागुन २१ गतेकाे निर्वाचनबाट संबैघानिक निकाश, स्थायी सरकार र मुलुककाे समृद्विकाे दिशा काेरिनुपर्ने सबैकाे आशा अपेक्षा छ । राजनीति ब्यक्ति दल र गुटहरुबाट माथी उठि मुलुकमा नयाँ अध्याय शुरु गर्न नव युवा जेन्जीकाे आन्दाेलन र शहिदकाे भावना अनुरुप समग्र देश केन्द्रित कार्य गर्ने नयाँ अध्यायकाे प्रारम्भ रवी-वालेन सहकार्यले शुरुवात गरेकाे छ । २००७ सालमा प्रजातन्त्रकाे शुरुवातीसँगै सम्बृद्विकाे फड्काे मार्नुपर्ने मुलुकले ७५ बर्षमा आशातित सम्बृद्वि पाउन सकेन ।

बिचमा पञ्चायत अन्त्य भै बहुदलिय शासन ब्यवस्थाका बिसंगति बिकृति र राजनैतिक तहबाट भएका अकर्मन्यता चिर्न २०५२ सालबाट शुरु भएकाे माओवादी जनयुद्वमा हजाराै अमूल्य जीवन र खर्बाैकाे सम्पति नास भयो । २४० बर्षकाे राजतन्त्र अन्त्य भै गणतन्त्र प्राप्त भयाे । तर उपलब्धि चाहे अनुसार हुन सकेन । मुलुकमन शुशासन जनउतरदायी र स्थायी सरकार बन्न सकेन ।

राजनिती आसेपासे खुवाउने सत्तामा रमाउने र सत्तामा टिक्न संसदका संख्या जाेडघटाउ गर्ने खेल चलिरह्याे । प्रचण्ड र माओवाद आन्देलनकाे पनि मिति सकिदै गयाे र मुलुकमा युवा शक्ति जुर्मुराए । ३० ओै बर्ष राज गरेका नेताहरु अब जनताबाट पाखा लाग्दैछन् र उदय हुँदैछ युवा जमातकाे ।

पछिल्लाे आम निर्वाचनबाट पुराना दललाई सबक सिकाउँदै अग्रसर नयाँ दल र युवाकाे नेतृत्व रवी र बालेनले राजनीतिमा शानदार ईन्ट्री गर्दै शुरु गरिसकेका थिए । भलै निजी कमजाेरी सबैमा हुन्छ, केही आन्तरिक कमजाेरीका बावजुत पनि युवामा देशकाे आशा र भराेसा देखिएकाे छ ।

मुलुकलाई नयाँ दिशा दिन राजनैतिक गतिराेधकाे अन्त्य गर्न र युवा जेन्जी आन्दाेलनकाे मर्म अनुरुप अघि बढ्न उनिहरुवीचकाे सहकार्यले महत्वपूर्ण अर्थ राख्ने देखिन्छ । हालै उनिहरुवीच भएकाे सहमतिमा पनि दिशाहिन मुलुककाे अबस्था सुधार्न बिकाश र सम्बृद्विकालागि मिलेर काम गर्ने आषय देखिएकाे छ ।

उनिहरुले आफ्ना सहमति र एजेण्डामा नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुकाे सम्वोधन गर्ने प्रतिवद्वता जनाउँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयन गर्न समर्पित हुने वाचा गरेका छन् ।

सम्झाैता ब्यक्तिगत र दलगत लेनदेनकै भएपनि यसबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन् । पुराना बाघ भनिएका दल र नेतामा पनि याे सहकार्यले तरंग पैदा गरिदिएकाे छ । उनिहरुलाई आफ्नाे शाख बचाउन हम्मेहम्मे पर्ने अनुभूति भएकाे छ भने अब आफ्नाे शक्ति र सामर्थ्यले काम नगर्ने चेत खुलेकाे छ । नव युवा र देशकाे उज्वल भबिष्यकालागि याे द्विपक्षिय सम्झाैताले बहुपक्षिय बृहत् फड्काे मार्न सकाेस्, देश र जनता सुखी खुशी बनुन् । मुलुकमा स्थायी सरकार बनाेस्, शान्ति र अमनच‌ैन कायम हाेस् , शुभकामना सबैमा ।