राधेश्याम गजुरेल, मूलुककाे ३५ बर्षिय दलिय शासन ब्यबस्थामा दल , जन निर्वाचित नेतृत्व , शासन सञ्चालन र कर्मचारी तन्त्रमा अकर्मन्यता,लाचारीपन, चाकडी चाप्लुसी, वेथिति र भ्रष्टाचार माैलाउँदै जाँदा बिकृति, बिसङ्गतिमा सुधार हुन नसकि बढेकाे जनआक्राेस, निरासपन र युवा बितृष्णासँगै जेन्जी पुस्ताकाे आन्दाेलनबाट काँग्रेस एमाले सहितका दलकाे दुईतिहाई सरकार ढल्न पुग्याे । सामजिक सञ्जालमा लागेकाे प्रतिबन्धले युवामा बढाएकाे आक्राेस र बिश्वका अन्य देशमा सफल आन्दाेलन गरेका युवा पुस्ताले जम्मा ३६ घण्टामा धेरै मानवीय क्षति र राज्यकाे भाैतिक संरचना ध्वस्त बनाई राज्य सत्ता उल्ट्याईदिएपछि मूलुकमा सरकारबिहिन सन्नटा छायाे । अब के हुने? भन्ने अन्याेलकाविच नेपाली सेना, राष्ट्रपति र आन्दाेलित युवाहरुबाटै समझदारीसाथ संविधान अन्तर्गत हुनेगरि केपी ओलिकाे राजिनामा पछि सरकार गठन गर्न सहमति लिई संसद बिघटन गर्द‌ै सत्तामा शुशीला कार्की प्रथम महिला प्रधानमन्त्रीकाे ईतिहास बनाई आसिन हुनुभयाे । जनबल र युवा आशालाई मूर्त रुप दिई आन्दाेलनका दाेषीलाई कारवाही गर्दै बहुपक्षिय समस्या निवारण गर्न बनेकाे कार्की सरकारले चाैतर्फी दवाव र अस्तित्व दाउमा पर्ने देखेर अहिले ठूला निर्णय लिन सकेकाे छैन । सुरक्षा संयन्त्र सक्षम रहेकाे अनुभूति गर्न नसकिरहेकाे वर्तमान सरकारले आन्दाेलन पछि आउन सक्ने अवस्थामा आफू मजवुत नदेखेर नै दमनका पक्षधर पुर्व सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्रने, कारवाही गर्न बयान लिने आँट गर्न सकेकाे छैन ।

भदा‌ै २३ र २४ गतेकाे उथल पुथलले मुलुक अशान्त दिशाहिन र अन्याेलमा रहँदा खराे बक्तब्य बाेलेकै कारण जेन्जीले समेत बिश्वास गरेकी पुर्व प्रथम महिला प्रधानन्यधिस शुशीला कार्की घेराबन्दिमा परेकाे प्रष्ट छ । ठूलै जाेश र आशासाथ फागुन २१ गते ताेकिएकाे निर्वाचन सम्पन्न गर्ने प्रकृयाका बारेमा दलहरु र जेन्जी समूह आफैमा प्रष्ट नदेखिँदा र एमाले जस्ताे ठूलाे दल समेत निर्वाचन मार्फत ताजा जनादेशमा जान भन्दा हिजाेकाे संख्याकै जाेड घटाउबाट संसद पुनर्स्थापित गर्न लाग्न खाेजेकाेले सरकारकाे प्रमुख कार्य निर्वाचन समयमा हुने नहुनेमा अन्याेल छ । ७५ जनाकाे ज्यान लिएकाे बलिदानी परिवर्तन पक्षधरबाटै सत्तासिन भईरहँदा न त उनिहरुकाे माग सम्बाेधन हुन सकेकाे छ न कार्दिशा र दृढ संकल्पसाथ लागू गर्न सरकार प्रष्ट र हिम्मतिलाे देखिएकाे छ । अन्याेल भबिष्यलाई सुनिश्चित गर्दै अगाडि बढ्न अब प्रधानमन्त्री र सरकारले दरिलाे खुट्टा टेक्नुपर्ने अबस्था छ । अडान बिहिन सरकार , अस्पष्ट जेन्जी, नचेतेका र पुरानै बाटाेमा हिड्न खाेज्ने दलहरुका कारण राजनैतिक समाधान, मूलुककाे खाका र अब बन्ने सरकारकाे स्वरुप अस्पष्ट हुँदै गएकाे छ । घाईते र हिजाे सरकारमा पुर्याउनेरुबाटै बिराेधकाे स्वर र मुर्दाबादका नारा छरप्रष्ट हुँदै छन।
जनमत र शहिदकाे सपना साकार पार्दै मूलुकलाई समुन्नत दिशामा अघि बढाउन अब कार्की सरकारले चुनाैतिका विचबाट निम्न कार्य गर्दै अघि बढ्नु जरुरी छ । पहिलाे कुरा शान्ति सुरक्षा बलियाे वनाई दाेषिलाई कठघरामा ल्याएर दमनकर्तालाई उम्कन दिनुभएन । दाेस्राे जेन्जीकाे भावना अनुरुप मूलुककाे कुशासन भ्रष्टचार बेथिती सम्हाल्दै शुशासन सहित जनता प्रति सरकार जवाफदेहि छ भन्ने बिश्वास दिलाउनुपर्याे । तेस्राे परिस्कृत बन्न आन्तरिक सुदृढिकरण र जुट फुटमा लागिरहेका दलहरुलाई सत्ताकाे दाउपेचमै लिप्त नरहन र जिम्मेवार ढंगबाट मूलुककाे नयाँ स्वरुप र मूलुक बिकाशमा ठाेस याेजना सहित निर्वाचनमा भाग लिने वातावरणमा सुनिश्चता गराउनुपर्छ । अर्काे कुरा सत्ता सुम्पदा पुन उहीँ पुर्ववर्ती राज्य संसचना संयन्त्र र सरकार स्थापित हुने हाे भने याे क्षति र खर्चकाे ब्यायभारकाे के अर्थ ? खस्कदाे अर्थतन्त्रलाई सुधार्दै जन जीविकाकाे सवाल र आर्थीक ओैधाेगिक क्रान्ति तर्फ मुलुकलाई डाेर्याउने राेडम्याप पनि यहि सरकारले दिनुपर्ने देखिन्छ ।
स्वार्थ सिद्व गर्न लागेका बिदेशी प्रभाव निम्त्याउने खेलाडि , आफ्नै हालिमुहालि र प्रभुत्वमा घुमाउन खाेज्ने तत्व र हिजाे कुनै हिस्सा नलिएका आज आएर हर्के बन्न खाेज्ने र अपनत्व जमाउन उद्दतहरुकाे बिस्थापन जरुरी छ । बिचमा उदाउने अनि सबै म हामी भनेर अस्थिरतामा चलखेलगरि रमाउनेलाई चिनाै । दुरगामी र सकरात्मक प्रभाव पार्ने निर्णय र नीति नियम बनाओै, अर्थतन्त्र मजवुत वनाई राष्टलाई आत्मनिर्भर बनाउन ओैधाेगिक वातावरण र दीगाे कृषि लक्ष्याेन्मुख संयन्त्र, स्वदेशी उत्पादनलाई प्रसय दिई ब्यवस्थित र सरल ढंगबाट कृषिजन्य उपजकाे ब्यवस्था साथै आयातित बस्तु तथा साधनकाे बिकल्पकाे तयारीमा लागि जाेश जाँगर उर्जा मर्न नदिई समुन्नत सफल र बिकसित देश बनाउन सरकारकाे ध्यान पुग्नु जरुरी छ ।