काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अहिलेको कठिन अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै नेपालमा भारी वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति दुःखदायी छ । यस कठिन समयमा हामी नेपाल र नेपाली जनताको सरकारसँग साथमा छौँ।’ मोदीले भनेका छन् ।


