सेवापाटी संवाददाता २०८२ श्रावण  ११ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – वुढानीलकण्ठ नगरपालिका नगर कार्यापालिकाको कार्यालय हात्ती गौंडा काठमाण्डौंको आयोजना तथा बिभिन्न तालिम प्रदायक संस्थाहरु क्रमश जनाधिकार सरोकार महाँसंघ,एकिकृत समाज विकास नेपाल,नेपाल युवा एकता समाज,सहयोगी संस्था नेपालको सहकार्यमा आर्थिक बर्ष ०८१/ ०८२ मा बिभिन्न सीप विकास तालिमहरु क्रमश उद्यमशिलता विकास तथा हाउस किपिङ तालिम , उद्यमशिलता विकास तथा मकैको खोष्टाबाट सजावटका सामाग्री बनाउने तालिम,काष्ठ हस्तकला सम्बन्धी सीप विकास तालिम र उद्यमशिलता विकास तथा नर्सरी व्यवसथापन तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गत शुक्रबार वुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ् ।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा वुढानीलकण्ठ नगरपालिकाकी उप – प्रमुख अनिता लामा अतिथिहरु : आर्थिक विकास महाँसाखा प्रमुख केदार कुमार खड्का,उद्योग पर्यटन प्रमुख शान्ती ढकाल,श्रम तथा राजेगार सेवा केन्द्रका पदाधिकारीहरु ,तालिम प्रदायक संस्थाका अध्यक्षहरु दिपक कार्की , शोभा घिमिरे ,पत्रकार दिपक बजगाई कैलाश , तालिमका प्रशिक्षकहरु शारदा नापित, हेरा कृष्ण महर्जन,दिल बहादुर खत्री,तालिममा सहभागिहरु लगायत अन्य व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन रोजगार सेवा केन्द्रका राजिव गौतमले गर्नु भएको थियो ।


कार्यक्रमा स्वागत मन्तव्य राख्दै उद्योग पर्यटन प्रमुख शान्ती ढकालले कार्यक्रम सफल भएकोमा खुशि व्यक्त गर्नु भएको थियो । त्यस्तै जनाधिकार सरोकार महाँसंघ नेपालका अध्यक्ष तथा उद्यमी घर सातदोबाटोका सञ्चालक दिपक कार्कीले यस्ता तालिमहरु लाई समय कटाउने हिसाबमा मात्र नलिई आफु स्वरोजगार बनि आत्मनिर्भर बन्नुपर्ने विचार व्यक्त गर्दै तालिम बाट उत्पादित तथा तालिम लिएकाहरु उद्यमी बन्न चाहानु भएमा आफुले बजारीकरणको पनि व्यवस्था गरिदिने जानकारी दिनु भएको थियो । त्यस्तै मन्तव्यकै क्रममा आर्थिक विकास महाँसाखा प्रमुख केदार कुमार खड्काले सम्पुर्ण तालिम प्रदायक संस्थाहरु, प्रशिक्षकहरु,सम्पुर्ण तालिममा सहभागीहरु लगायत तालिममा प्रत्यक्ष वा अ- प्रत्यक्ष रुपमा सहयोग गरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु भएकोमा खुशि व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।


कार्यक्रमको अन्त्यमा उप- प्रमुख लामाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी मन्तव्य राख्दै ‘जुनसुकै काम गर्ने ब्यक्ति भएपनि त्यो श्रमिक नै हो । चाहे त्यो कालो कोट लगाउने वकिल वा न्यायधिस होस् चाहे रोडमा सफा गर्ने ब्यक्ति होस्’ श्रम गर्ने सबै बराबर भएकाले कहिले पनि आफुलाई कम्जोर न सोच्न अनुरोध गर्दै हामिले प्रमाणपत्र बोक्दैमा मात्र हामि योग्य भइदैन् तसर्थ हामिले सिकेको सीपलाई निरन्तरता दिनु पर्ने भन्दै त्यसको लागि नगरपालिका सधैभरी आवश्यक सहयोग गर्न तयार रहेको पनि जानकारी दिनुभयो ।