
स्थानीय बजारमा आज बुधवार सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार २७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २५ पैसा थियो ।