काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो।


