काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ ।बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने मोटामोटी सहमति जुटेको रास्वपा नेताहरुले बताएका छन् । ‘

१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर मात्रै पनि हुँदैन । अन्य पक्षसँग पनि गर्नुपर्ने आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाकोटीले भने । साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । उनका अनुसार उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ ।