काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।

दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।

यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए।

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन‍्।

यसअघि २०७४ मा उनी २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको प्रमुखको प्रत्यासी थिइन्। उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत थिइन्। उनले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्।