काठमाडौं।प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।मंगलबार काठमाडौंको नयाँ बजारमा बसेको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री एवम् पार्टीका संरक्षक बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन्।
पार्टी गठनपछि पहिलो पटक केन्द्रीय समितिको पूर्ण बैठक बसेको जानकारी दिइएको छ।केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ।
बैठकमा बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, ओजस्वी भट्टराई, दुर्गा सोवलगायत नेताहरू पनि सहभागी छन्।


