सेवापाटी संवाददाता २०८२ श्रावण २१ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेपालले भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको हो । यही अवधिमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात पनि भएको छ । बंगलादेशमा भने बिजुली निर्यात सुरु भएको थिएन । त्यो वर्ष २०८०/८१ मा भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो ।

गएको आर्थिक वर्षमा भारतमा २ अर्ब ३४ करोड ९९ लाख ८६ हजार ९ सय ५५ र बंगलादेशमा ३ करोड ३ लाख ९ हजार ७ सय ६० किलोवाट–आवर बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको हो । भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । भने बंगलादेशसँगडलरमा बिजुली निर्यात भइरहेको छ ।