सेवापाटी संवाददाता २०८२ असार  ७ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – कारागारबाट रास्वपा सभापती रवी लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँमा नभएको उनको भनाई छ। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइसकेको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गर्दा सहकारीको बचत रकम ठगी अभियोगमा पूर्वपक्षका लागि कारागार चलान भएपनि अहिले निर्वाचन आयोगको अभिलेखमा सभापति लामिछाने नै रहेका छन्।

सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाएको छ। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। ‘घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन।

उनले भने म मरेछु–मारिएछु भने पनि देशले एकदिन त्यो समाचार सुन्नेछ। परिवर्तनको ‘घण्टी’ सिंहदरबार छिरिसकेको छ। एउटा बिन्दूमा पुगेपछि घन्टी बज्छ मात्र होइन घण्टीले बजाउँछ पनि।’