काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।  आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।

दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।