
रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरि अर्को एउटा सिरिज थपेको छ । यसले नार्जोको स्टाइलिस डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लिगेसीलाई अझै विशाल बनाउने कम्पनीको दाबी छ ।
प्रयोगकर्ताहरूलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आई प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै, यो मूल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दाबी गरेको छ ।
८ दशमलव ५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली र छ । यसमा बेन्चमार्क २० लाख ९ हजार ८३२ को पावरफुल युनिसक टी ६१२ प्रोसेसर छ ।
त्यस्तै, यसमा रहेको ५ हजार एमएएचको शक्तिशाली ब्याट्री स्ट्यान्ड बाइमोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जीबी र्याम र ३२ जीबी रोम भएको सेटको १४ हजार ४९९ रुपैयाँ छ । ४ जीबी ¥याम र ६४ जीबी रोम भएको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ ।Source : nepaltop