काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ गतेदेखि दुईमध्ये एक डेपुटी गभर्नर पद रिक्त थियो। सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरे पनि अर्को पद भने रिक्त राखेको थियो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। उनले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) प्रमुखका रूपमा समेत काम गरेका थिए।