वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
उनीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा पेस गर्न भनिएको छ। सात दिनभित्र पक्राउ गर्न नसकेको खण्डमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न पनि अदालतले भनेको छ।


