विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।कोशी प्रदेश सभा सचिवालयका अनुसार अधिवेशन आज दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्नेछ ।
प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि बैठकहरू वीरेन्द्र सभा गृहबाट सञ्चालन हुँदै आएका छन् । यसअघिको अधिवेशन पनि सोही स्थानबाट सञ्चालन गरिएको थियो ।
यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम आगामी बिहीबार, जेठ ७ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुली ले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिने जानकारी दिएका छन् ।


