काठमाडौं — सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेदेखि बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

यसअघि वैशाख १७ गतेदेखि बोलाइएको संघीय संसदको अधिवेशन विभिन्न कारणले स्थगित गरिएको थियो।

सरकारले हालै संसद अधिवेशन स्थगित गरी केही कानुन संशोधनका लागि अध्यादेश जारी गरेपछि पुनः बजेट अधिवेशन बोलाउने तयारी गरेको हो।