काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

अर्याल आजै प्रतिनिधि सभाबाट सभामुखमा निर्बिरोध निर्वाचित भएका थिए ।  शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।