काठमाडौँ ।संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्गत २१ फागुनको निर्वाचनपछि यो पहिलो औपचारिक बैठक हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूसहित संघीय संसदको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको हो ।


