काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि चार सांसद पाउने भएको छ ।

पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूको नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ। समानुपातिक समेत गरी अब श्रम संस्कृतिबाट प्रतिनिधि सभामा ७ जना सांसद हुनेछन्।

प्रत्यक्षमा सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्।