काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईँलाई शीघ्र रिहा गर्न सरकारसँग माग गरेको छ। सोमबार साँझ भक्तपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको जानकारी सार्वजनिक भएपछि पार्टीले प्रतिक्रिया दिएको हो।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रातिको समयमा गरिएको पक्राउले सरकारको लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्। उनले एउटै व्यक्तिलाई बारम्बार नियन्त्रणमा लिनु प्रतिशोधको संकेत भएको दाबी गर्दै यसले मुलुकलाई अनावश्यक तनावतर्फ धकेल्ने खतरा रहेको उल्लेख गरेका छन्।