काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् । साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ ।
प्रसाई यस अघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।


