काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार  बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने जानकारी दिए ।

उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिएमा नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए ।“सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,” आचार्यले भने ।