काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा. शशांक कोइरालाले जानकारी दिए ।
खड्काले पेश गरेको नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका पेश भएको छ ।
साथै कार्यवाहक सभापति खड्काले काँग्रेसको विधानको धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव छ ।


