काठमाडौं |  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

उनले भने- ‘नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ । यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो ।’

शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताए । उहाँले चुनावअघि राष्ट्रिय सङ्कल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने उल्लेख गरेका छन् |

कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।